सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसईई परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिनुभएको छ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उहाँको आग्रह छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री प्रचण्डले परीक्षामा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना पनि गर्नुभएको छ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ। उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.