उपत्यकासहित देशका विभिन्न भू–भागमा शनिबार पनि हावाहुरीसहित वर्षाको सम्भावना छ।
काठमाडौं र आसपासका ठाउँका साथै देशका पहाड र तराई–मधेशका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबारदिनभर नै देशभर मौसम आंशिक बदली हुने देखिएको छ। राति कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना छ। विभागले चट्याङ र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारीका साथ सतर्कता अपनाउन अनुरोध छ।
कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको मौसमविद् मानन्धरले बताइन्। महाशाखाका अनुसार सोमबारसम्म नै देशका विभिन्न स्थानमा वर्षाको अनुमान गरिएको छ।
आइतबार हल्का देखि मध्यम र सोमबार मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। थाहा खबर बाट सभार









Discussion about this post