सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चार्डपर्वका कारण रक्तसञ्चार केन्द्रमा रगत अभाव

०२ कार्तिक

नेपालगञ्ज– चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ।

दशैँ अवधिमा रक्त सङ्कलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए।

सामान्य अवस्थामा तीन सय पिन्टभन्दा माथि नै रगत मौज्दात रहने भए पनि अहिले त्यो भन्दा कमी भएकाले रक्तदातालाई आह्वान गरेको उनले जानकारी दिए।

Mahakali Polytechnic

‘दुइ दिनयता रक्तदानका कार्यक्रम शुरु भएका छन्, अब मौज्दात बढ्दै गएको छ’ प्रमुख रेग्मीले भने, ‘रगतको अभाव हुन नदिन रक्तदातालाई अनुरोध गरेअनुसार सङ्कलन हुन थालेको छ।’

World Link Ads

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।

Sana Kishan

दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए। साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।

अभाव हुन नदिन धमाधम रक्तदान

नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगत अभाव भएसँगै बाँकेमा सामाजिक संस्थाहरुले रक्तदान कार्यक्रम शुरु गरेका छन्। लायन्स क्लब, नेपाल जेसिज, सहकारी संस्थाले रक्तदान आयोजना गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds