आज बिहानैदेखि तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। बाक्लो हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
त्यस्तै अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। जसका कारणा उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान
२०७९ माघ २३ गते (सोमबार)
दिउँसोː देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति ː देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
२०७९ माघ २४ गते (मंगलबार)
दिउँसोː देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति ː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७९ माघ २५ गते (बुधबार)
दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति ː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post