सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पासपोर्टको लागि एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था

राहदानी विभागले सेवा सहज बनाउन भन्दै एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको विभागले जनाएको छ ।

दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । विभागका अनुसार आज १६ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।

यस्तै, भोलि १७ गते प्रि–इनरोलमेन्ट गर्नेले फागुन १६ सम्मको र १८ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १७ सम्मको समय लिन सकिने छ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् ।

विभागले काठमाण्डौ नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।

Mahakali Polytechnic

World Link Ads

Sana Kishan

उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.