सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आसिफले जिते आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेखले आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्। विश्व क्रिकेटको नियामक निकायले आज आसिफलाई विजेता घोषणा गरेको हो।

आसिफले गत वर्ष फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको खेलमा नेपाली बलरसँग ठोकिएर लडेका एन्डी म्याकब्राइनलाई रन आउट गरेका थिएनन्। सोही ‘इन्सिडेन्ट’का कारण उनले क्रिकेटको स्पिरिटलाई कायम राखेको ठम्याउँदै आइसीसीले उनलाई विजेता घोषणा गरेको हो।

आसिफ नेपालबाट यो अवार्ड जित्ने पहिलो खेलाडीसमेत बनेका छन्। नेपाली राष्ट्रिय टिमका ओपनर आसिफ विभागीय टिम एपीएफबाट खेल्दै आएका छन्। गत महिना सम्पन्न नेपाल टी–२० लिगमा आसिफले पोखरा एभेन्जर्सबाट खेलेका थिए। अन्नपूर्ण पोस्ट  बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.