पोखरा। यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो।
दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन्।
अहिले उद्धार भइरहेको र बाँकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताए। –सिमारेखा









Discussion about this post