पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसानलाई बङगुर पालनका लागि सहयोग गरिएको छ । स्वीट नेपाल स्वीट नेपाल कंञ्चनपुरले दक्षिणी क्षेत्रका किसानलाई बङगुर पालन सहयोग गरेको हो । स्वीट नेपालको आयोजना तथा युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा संचालित एकिकृत जिविकोपार्जनको पहलद्धारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत पुर्नबास नगरपालिकाका ४० जना किसानलाई प्रत्येक १ जनालाई ५ बगुरका दरले बगुर हस्तान्तरण गरिएको छ ।
पुर्नबास नगरपालिका वडा न १ का २० जना र वडा न २ का २० जना किसानलाई ५ वटा बगुरका पाठापाठी सहयोग गरिएको कुरा स्वीट नेपालका जेटिए दिपक नेपाली ले बताउनु भएको छ । पुर्नबास नगरपालिको वडा न १ मा भएको हस्तान्तरण कार्यक्रममा पुर्नबास नगरपालिका नगरउपप्रमुख भुलीया कुमारी राना,प्रमुख प्रसासकिय अधिकृत गणेश सिह ऐरी,स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले सयुक्त रुपमा बगुर हस्तान्तरण गरेका थिए । कोभिड पश्चात रोजगारी गुमाई घरमै बसिरहेका महिला,दलित,एकल महिल,अपाङ्गता भएका ब्यक्तिहरु,गरिब तथा बिपन्न समुदायका ब्यक्तिहरुलाई बितरण गरिएको जानकारी कार्यक्रम प्रबन्धक अमीत सुनारले बताए ।
हस्तान्तरण कार्यक्रमको अध्यक्षता वडा न १ का अध्यक्ष मोहन लाल राना प्रमुख अतिथि नगरउपप्रमुख भुलीया कुमारी राना बिशिष्ट अतिथि प्रमुख प्रसासकिय अधिकृत गणेश सिह ऐरी तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा हुनुहुन्थ्यो भने कार्यक्रम संचालन योजना अधिकृत शंकर बोकटीले गर्नुभएको थियो ।
स्वीट नेपाल कंञ्चनपुरले युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा पुर्नबास नगरपालिकाको वडा न १,२,५,६,७ र ११ मा कृर्षि तथा पशुपालन क्षेत्रमा उद्यमी बनाई आर्थिक शशक्तिकरणका कार्यक्रमहरु गर्दे आईरहेको छ । संस्थाले तरकारी खेती,पोलि हाउस,बेसार खेती,अदुवा खेती,लगायत पशुपालनमा बगुरपालन, कुखुरापालन,तरकारी तथा फलफुल पसल तथा साना ठुला सिचाई योजनामा समेत काम गर्दे आईरहेको र जसका लागी तालिम लगायतका कार्यक्रमहरु समेत गर्दे आईरहेको छ ।









Discussion about this post