सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टी २० लिग पर्सीदेखि

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि सुरु हुने भनिएको नेपाल टी २० लिग एक दिनपछि सरेको छ। क्यानले प्राविधिक कारणले शुक्रबारदेखि हुने तय भएको बताएको छ। यस्तै, प्रतियोगिताको दुई दिनअघि क्यानले प्रतियोगिताको निर्देशक परिवर्तन गरेको छ। यसअघि क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ललाई त्यो जिम्मेवारी दिइएको थियो।

तर, बिहीबार अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा निर्देशक क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरिएको उल्लेख छ।

क्यानले यसअघि नै प्रतियोगिताको उद्घाटन खेल काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच खेल हुने बताइसकेको छ। पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहने छ। जसमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार्स छन्। अन्नपूर्ण पोस्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.