Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोरियाविरुद्ध शानदार जितसँगै ब्राजिल क्वार्टरफाइनलमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलको नतिजामा पराजित गर्दै पाँच पटकको च्याम्पियन ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

९७४ रंगशालामा एसियाली मुलुकमाथि सुरुआतदेखि नै आक्रामक बनेको ब्राजिलले सातौं मिनेटमा अग्रता लिएको थियो। राफिन्हाले दायाँ तर्फबाट गरेको क्रसमा रिचार्लिसन र नेइमारले ट्याप इन गर्न नसक्दा बायाँतर्फ अन्मार्क्ड रहेका भिनिसियस जुनियरको खुट्टामा बल पुगेको थियो। भिनिसियसले पेनाल्टी एरिया भित्रबाट सहज प्रहार गर्दै ब्राजिलको खाता खोलेका थिए।

वु योङ जुङले रिचार्लिसनलाई १८ यार्ड बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने मौका पाएको थियो। सोही पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले अग्रता २–० मा लम्ब्याएका थिए।

 

कोरियाली अट्याकर वाङ ही चानले १७औं मिनेमा पेनाल्टी एरिया बाहिरबाट गरेको सशक्त प्रहार ब्राजिलियन गोलकिपर एलिसन बेकरले पञ्च आउट गरिदिएका थिए। एलिसनले क्लियर गरेसँगै पाएको कर्नरमा कोरियाले आक्रामण बुन्न सकेको थिएन।

सम्हालिन नसकेको कोरियाली रक्षापंक्तिको बीचमा उत्कृष्ट ढङ्गले बल नियन्त्रणमा लिएर आफैँले सिर्जना गरेको मौकामा रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गरे। पेनाल्टी एरिया अगाडि कप्तान टिएगो सिल्भालाई पास दिएर ६ यार्ड बक्सतर्फ रन बनाएका रिचार्लिसनले उत्कृष्ट फिनिस गरे।

 

बायाँतर्फबाट ३७औं मिनेटमा भिनिसियसले दिएको पासमा लुकास पाक्वेटाले हाफ भलीमार्फत ब्राजिलका लागि चौथो गोल गरेका थिए। दोस्रो हाफमा सम्हालिने कोसिस गरेको दक्षिण कोरियाका लागि सुङ हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काएका थिए।

लिग चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को नतिजामा परातिज भए पनि ब्राजिल समूह ‘जी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको हो। समूह ‘एच’को अन्तिम खेलमा पोर्चुगललाई २–१ नतिजामा पराजित गर्दै कोरिया तालिकाको दोस्रो स्थानमा रहेर १२ वर्षपछि अन्तिम १६ मा पुगेको हो।

 

चार वर्षअघि रुसमा समूह चरणबाटै बाहिरिएको कोरिया २००२ मा चौथो भएको थियो। सन् २०१० मा पनि प्रि–क्वार्टरफाइनलमा पुगेको कोरिया उरुग्वेसँग १–० को नतिजामा पराजित हुँदै बाहिरिएको थियो।

सन् २००२ मा जापान–कोरियामा विश्व विजेता बनेको ब्राजिल २००६ र २०१० मा क्वार्टरफाइनलमा पुगेर बाहिरिएको थियो। घरेलु मैदानमा २०१४ मा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग पराजित भएको ब्राजिल सन् २०१८ मा पनि क्वार्टरफाइनलमा पुगेर बेल्जियमसँग हारेको थियो।

 

ब्राजिलले क्वार्टरफाइनलमा साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। क्रोएसिया सोमबार नै भएको अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै अन्तिम आठमा पुगेको हो। अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व