सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टेस्ट क्रिकेट : इङ्ग्ल्यान्डले पाकिस्तानलाई २२ वर्षपछि उसकै भूमिमा हरायो

पाकिस्तानसँगको पहिलो टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले जितेको छ । १७ वर्षपछि पाकिस्तान पुगेको इङ्ग्ल्यान्डले रावलपिन्डीमा घरेलु टोलीलाई ७४ रनले हराएको हो ।

इङ्ग्ल्यान्डले दिएको तीन सय ४२ रनको लक्ष्य पछ्याएको पाकिस्तान दुई सय ६८ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका लागि सउद सकीलले ७६, इमाम उल हकले ४८, मोहम्मद रिजवानले ४६ र अजहर अलीले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका ओली रोबिनसन र जेम्स एन्डरसनले चार–चार विकेट लिए ।

पहिलो पारीमा इङ्ग्ल्यान्डले छ सय ५७ रन बनाएको थियो । इङ्ग्ल्यान्डका लागि ज्याक क्रली, बेन डकेट, ओली पोप र ह्यारी ब्रुकले शतक बनाएका थिए । इङ्ग्ल्यान्डले पहिलो दिन नै पाँच सय छ रन बनाउँदै एक सय १२ वर्ष पुरानो कीर्तिमान तोडेको थियो । बलिङतर्फ पाकिस्तानका जहिद महम्मुदले चार र नसीम शाहले तीन विकेट लिएका थिए । यस्तै पाकिस्तानले पहिलो पारीमा पाँच सय ७९ रन बनाएको थियो । पाकिस्तानका लागि अब्दुल्लाह शफिक, इमाम उल हक र बाबर आजमले शतक बनाएका थिए । बलिङतर्फ इङ्ग्ल्यान्डका विक ज्याक्सले छ विकेट लिएका थिए ।

पहिलो पारीमा ७८ रनको अग्रता बनाएको इङ्ग्ल्यान्डले दोस्रो पारीमा सात विकेट गुमाएर दुई सय ६४ रन बनाउँदै पारी समाप्तिको घोषणा गर्दा पाकिस्तानले तीन सय ४२ रनको लक्ष्य पाएको थियो ।

Mahakali Polytechnic

योसँगै इङ्ग्ल्यान्डले २२ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जितेको हो । यसअघि सन् २००० को डिसेम्बरमा कराचीमा भएको टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले छ विकेटले जितेको थियो । योसँगै इङ्ग्ल्यान्डले पाकिस्तानमा भएको टेस्ट क्रिकेटमा जित सङ्ख्या तीन पु¥याएको छ ।

World Link Ads

अहिलेसम्म पाकिस्तान र इङ्ग्ल्यान्डबीच पाकिस्तानमा २३ वटा टेस्ट क्रिकेट खेलेका छन् । यसमा पाकिस्तानले चार र इङ्ग्ल्यान्डले तीन टेस्ट जितेको छ । बाँकी १६ वटा टेस्ट बराबरीमा सकिएको छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.