सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्कटल्यान्डसँग ३ विकेटले हा¥यो नेपाल

विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखला खेल्न नामिबिया पुगेको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको छ।

आइतबार नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा एक सय ३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डका लागि ओपनर क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४३ तथा ब्रान्डोन म्याकमुलेनले अविजित ३२ रन जोडे।

बलिङतर्फ नेपालका लागि सागर ढकाल, गुल्शन झा र ललित राजवंशीले दुई–दुई विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

Mahakali Polytechnic

ब्याटिङमा निरिह बनेको नेपालका लागि गुल्शन झाले सर्वाधिक २९ रन बनाएका थिए। यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा ओपनर अर्जुन साउदले १८ बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

World Link Ads

स्कटल्यान्डका लागि क्रिस सोल ले सर्वाधिक तीन, मार्क वाटले दुई तथा ब्रान्डोन म्याकमुलेन, सफयान शरिफ र माइकल लिस्कले एक–एक विकेट लिए।

Sana Kishan

शुक्रबारदेखि सुरु भएको शृंखलाको नेपाल र नामिबियाबीचको पहिलो खेलमा वर्षा बाधक बन्दा नतिजाविहीन भएको थियो। नेपालले तेस्रो खेल बिहीबार नामिबियासँग खेल्ने छ। अन्नपूर्ण पोस्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.