सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

समूह ’सी’को अन्तिम खेलमा पोल्यान्डलाई २–० को नतिजामा पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। बुधबार राति ढठद्ध रंगशालामा पोल्यान्डविरुद्ध कम्तिमा बराबरीको दबाबसहित मैदानमा उत्रिएको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

पहिलो खेलमा साउदी अरबसँग २–१ गोलको नतिजामा पराजित हुँदै विश्वकपको सुरुआत गरेको अर्जेन्टिनाले त्यसपछिका दुई खेलमा जितसहित समूह ’सी’को विजेताको हैसियतमा प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको हो।

पहिलो हाफमा कप्तान लियोनेल मेसी पेनाल्टीमा गोल गर्न असफल हुँदा अर्जेन्टिनाले अग्रता लिने मौका गुमाएको थियो। तर, एलेक्सिस–म्याक एलिस्टर ले ४८औं मिनेटमा गरेको गोलसँगै दक्षिण अमेरिकी टिमले अग्रता लिएको थियो।

 

दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाका लागि ६७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। अर्जेन्टिनाले समूह ’डी’को उपविजेता बन्दै अन्तिमत १६ मा पुगेको अस्ट्रेलियासँग खेल्ने छ।

Mahakali Polytechnic

अर्जेन्टिनासँग पराजित भए पनि पोल्यान्डले गोलअन्तरमा मेक्सिकोलाई पछाडी पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। पोल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि समूह ’डी’को विजेता फ्रान्ससँग खेल्ने छ। मेक्सिकोले बुधबार नै भएको खेलमा साउदी अरबसँग २–१ गोलको जित निकाले पनि गोलअन्तरमा पछाडी पर्यो।

World Link Ads

मेक्सिकोको जितमा लुइस साभेज र हेनरी मार्टिनले एक–एक गोल गरेका थिए। साउदीका लागि सली अलदावसरीले एक गोल फर्काएका थिए। अन्नपूर्ण पोस्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.