सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज

नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज हुँदैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक÷एक को बराबरी गरेको छ ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो । आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जित्नेछ। उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.