मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।
साथै पहाडी भूभागको केही क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
मंगलबार रातको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post