सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस प्रचार–प्रसार समिति संयोजकको जिम्मेवारी प्रवक्ता महतलाई

काठमाडौं– सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति संयोजकको जिम्मवारी प्रवक्ता डा प्रकाश शरण महतलाई दिएको छ। मंगलबार प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रवक्ता महतलाई केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा मनोनयन गरेका हुन्।

महतलाई देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उक्त जिम्मेवारी दिएको कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाले महतलाई पार्टी विधानअनुसार उक्त जिम्मेवारी दिएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.