सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा प्रशासकीय भवन, अस्पताल र प्रहरी चौकी निमार्णका लागि स्थानीयद्वारा जग्गादान

कञ्चनपुर : बैतडीको डिलाशैनी गाउँपालिकाका स्थानीयले जग्गादान गरेका छन्। उनीहरुले गाउँपालिकाको प्रशासकीय भवन, अस्पताल र प्रहरी चौकी निमार्णका लागि ३५ रोपनी जमिन दान गरेका हुन्।

गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ७ का हर्कबहादुर धामी, खडक धामी, बिरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत १८ जनाले जमिन दान गरेका गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए। उनीहरुले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैय्याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरी चौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका उनले बताए। उनीहरुलाई सोमबार गाउँपालिकाका तर्फबाट एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरिएको बताइएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.