Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुनी वर्षा ः अहिलेसम्म कहाँ कति पानी पर्-यो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २८, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका धेरैजसो ठाउँमा अहिलेसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगस्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कुल ७७ वटा केन्द्रको तथ्याङ्कमा त्यही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ । जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो । यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले अनुमान गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगस्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ ।

हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता अहिलेसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात् ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिनुभयो । यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उहाँले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने अनुमान गरिएको बताउनुभयो ।

प्रदेश नं १ र बाग्मती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा यो वर्ष गएको जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताउनुभयो ।

महाशाखाको पछिल्लो विवरणमा अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतवार र पर्सि सोमवार मौसम बदली भइ देशका धेरेजसो स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १२, २०८३
शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह
फ्ल्यास हेडिङ

शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह

कार्तिक ११, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न
फ्ल्यास हेडिङ

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

कार्तिक २०, २०८३
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व