Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पिँडालु खानुको यस्तो छ फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ श्रावण १३, शुक्रबार २१:३१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गाभा) समेत विभिन्न परिकार बन्छ ।

पिँडालु गर्मी तथा बर्षायाममा पाइन्छ ।

के पाइन्छ यसमा ?

कतिलाई थाहा नहुन सक्छ, पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ ।

यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

किन खाने ?

– पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

– पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केही दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ ।

– जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ ।

– उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।

– बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।

– सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

 

सावधानी

– काँचो अवस्थामा पिँडालु खानु हुँदैन, गलामा जलन हुनसक्छ ।

– दमको रोगीले पिँडालुको सब्जी खानु हुँदैन । खासगरी यसमो पातको सब्जी सेवन गर्दा त्यसले कफ बढाउँछ ।

– बाथ रोगीले पनि पिँडालु सेवन गर्नु ठीक हुन्छ ।

– घाँटीमा समस्या भएकाहरुले पिँडालु सेवन नगरेकै राम्रो ।

पिँडालुको पातको फाइदा

पिँडालुको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ । साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ ।

पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।

रेसेपी

पिँडालुको पातको सब्जी

सामग्री

– पिँडालुको पात

– बेसन

– रातो खुर्सानी

– धनियाँ, बेसारको धुलो

– तेल

– हिंग,

– जिरा, सरस्र्यु, हरियो खुर्सानी, रातो खुर्सानी

– गरम मसला

– हरियो धनिया

– नुन स्वाद अनुसार

 

विधी

– बेसनको पेस्ट बनाउने । पेस्ट बनाउनुअघि त्यसमा नुन, रातो खुर्सानी, धनिया पाउडर मिसाउने ।

– अब पिँडालुको पातलाई सिधा सतहमा राख्ने र त्यसमा बेसनको पेस्ट लगाउने । बेसन लगाएर त्यसलाई रोल गर्ने ।

– मम पकाउने वा कुनै भाँडोमा पानी भरेर त्यसको माथि जाली वा सुती कपडा राख्ने । त्यसमाथि पिँडालुको पातको रोललाई केहि समय बाफमा पकाउने ।

– पिँडालुको पातको रोल पाकिसकेपछि त्यसलाई सेलाउन दिने । अब यस रोललाई एक इन्च लामो टुक्रामा काट्ने ।

– कराईमा तेल तताउने । त्यसमा हिंग, जीरा, सरस्र्यु हालेर भुट्ने । त्यसमाथि धनिया, रातो खुर्सानी पाउडर, बेसार गरम मसला, नुन हालेर केहि समय भुट्ने । जब मसला रातो हुन्छ, त्यसमाथि रोल गरेको पिँडालुको पात मिसाउने । अन्त्यमा यसमा हरियो धनिया मिलाउनुपर्छ । केही समय फ्राइ गरेपछि पिँडालुको पातको सब्जी तयार हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण १३, शुक्रबार २१:३१
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ श्रावण १३, शुक्रबार २१:३१
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ श्रावण १३, शुक्रबार २१:३१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ श्रावण १३, शुक्रबार २१:३१
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ श्रावण १३, शुक्रबार २१:३१
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ श्रावण १३, शुक्रबार २१:३१
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ श्रावण १३, शुक्रबार २१:३१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ श्रावण १३, शुक्रबार २१:३१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण १३, शुक्रबार २१:३१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व