Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आटा खान हुने मैदा खान नहुने किन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो दैनिक जीवनमा खाने खानाको बारेमा अनेक मान्यताहरु छन् । जस्तो, मिस्री खानुहुन्छ तर सोही सरहको चिनी खानुहुन्न, आटा खानुहुन्छ तर मैदा खानुहुँदैन, घिउ हालेको खानेकुरा जति चिल्लो भएपनि असर गर्दैन तर तेल हालेको खाना खानु हुन्न किन ?

उस्तै स्वभावका खानेकुरामा यस्तो भिन्नता हामीले माथि उल्लेख गरिएका खानामा मात्रै होइन, यसबाहेकका अरु खानामा पनि पाउन सक्छौं । जस्तै, सेतो चामलको भातभन्दा हल्का खैरो रंगको भात स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । पाउरोटीमा पनि सेतोभन्दा खैरो रंगको पाउरोटी नै स्वास्थ्यको लागि उचित मानिन्छ । यसको भित्रको विज्ञान के हो त ? हामीले पोषणविद् सञ्जय महर्जनसँग यसको उत्तर सोधेका थियौं । महर्जनको उत्तर यस्तो छ ।

सामान्यतया कुनै पनि खानाले हाम्रो शरीरमा कति मात्रामा शक्ति प्रदान गर्छ र त्यो खानाबाट रगतमा कुन गतिमा शक्ति प्रवाह हुन्छ ? भन्ने आधारमा खानाको गुणस्तर निर्धारण गरिन्छ । अर्थात्, कुनै खाना खाँदा छिट्टै नै भोक लाग्छ, तर कुनै खाँदा लामो समयसम्म लाग्दैन । हामीले खाएको खानाबाट जति शक्ति प्राप्त हुन्छ, त्यो रगतमा कुन मात्रामा गएको छ ? त्यसले निर्धारण गर्छ । धेरै तीव्र गतिमा शक्ति रगतमा गएको छ भने त्यसको शक्ति छिटो सकिन्छ र छिट्टै भोक लाग्छ, शक्तिको प्रवाह सुस्त गतिमा छ भने यसले ढिलासम्म शक्ति प्रवाह गरिरहेको हुन्छ र ढिलासम्म भोक लाग्दैन । यही आधारमा नै हामीले कस्तो खाना खाने र कस्तो नखाने भनेर निर्धारण गर्छौं ।

बजारमा सुनिन्छ मैदा खान नहुने तर आटा खान हुने कारण के होला ? यसको कारण भनेको मैदा प्रशोधित खानेकुरा हो । हामीले जति पनि खान नहुने कुरा भनेर भन्छौं ती सबै प्रशोधित र केमिकल मिसाइएका खानाहरु हुन् । प्राकृतिक खाना खान कुनै संकोच मान्नु पर्दैन । प्रशोधन गर्ने बेलामा यसबाट फाइबरहरु निकालिएको हुन्छ । आटामा फाइबर जस्ताको त्यस्तै हुन्छ । त्यसैले मैदा खान नहुने तर आटा खान हुन्छ भनिन्छ ।

हाम्रो शरीरको लागि अरु पोषकतत्व जस्तै फाइबर पनि त्यति नै महत्वपूर्ण छ । त्यसैले फाइबर नभएको मैदा यदि खानैपर्ने भयो भने त्योसँगै उच्च फाइबरयुक्त सागपात वा तरकारी खानुपर्छ । मैदासँगै पनि उच्च फाइबर युक्त खानेकुरा खाइयो भने मैदाले पनि धेरै असर गर्दैन ।

यसलाई अर्को हिसाबले विश्लेषण गर्दा हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेड तीन किसिमको हुन्छ, सामान्य, जटिल र फाइबरयुक्त । सामान्य कार्बोहाइड्रेडयुक्त खानामा ह्वाइट राइस, मैदा, फलफूल लगायत पर्छन् । यस्ता खानेकुराले रगतमा छिटोछिटो ग्लुकोज प्रवाह गर्छ ।

अर्को हुन्छ जटिल खालको कार्बोहाइड्रेड । जुन गहुँ, कोदो फापर लगायतमा पाइन्छ । यस्ता खानेकुरा खाँदा लामो समयसम्म शरीरमा शक्ति प्रवाह भइरहन्छ । त्यसैले कोदोको ढिँडो खाँदाभन्दा चामलको भात खाँदा छिटो भोक लाग्ने गर्छ ।

तेस्रो कार्बोहाइड्रेड हो फाइबर । फाइबरलाई पनि कार्बोहाइड्रेड माने पनि हाम्रो यसले मानव शरीरका लागि शक्ति प्रदान गर्दैन । हाम्रो सानो आन्द्राले हामीले खाने खानामा पाइने फाइबरलाई ब्रेकडाउन गर्न नसक्ने भएकोले यो हाम्रो लागि शक्ति प्रदायक हुँदैन । त्यो फाइबरलाई ब्रेकडाउन गर्न सक्ने इन्जाइम हाम्रो शरीरमा छैन । तर घाँस खाने खरायो जस्ता जनावरहरुमा फाइबरलाई पचाउने र ब्रेकडाउन गर्ने इन्जाइम हुन्छ । यसरी तीन किसिमका कार्बोहाइड्रेडले शरीरमा शक्ति प्रदान गर्ने गर्छ ।

धेरै समय शक्ति दिने खाना जौ

हामीले खाएको खानाबाट एक घण्टामा कति प्रतिशत ग्लुकोज हाम्रो शरीरमा प्रवाह हुन्छ भन्ने मापक हो ग्लाइसेमिक इन्डेक्स । यसले शून्यदेखि १०० सम्म विभाजन गरेर मान्छेको शरीरमा विकास हुने क्यालोरीको विश्लेषण गर्न सहयोग गर्छ । उदाहरणको लागि २५ ग्राम चिनी खाँदा एकघण्टामा १०० प्रतिशत ग्लुकोज शरीरमा प्रवाह हुन्छ । त्यस्तै २५ ग्राम सेतो चामलको भात खाँदा एक घण्टामा केवल ८० प्रतिशत मात्रै ग्लुकोज रगतमा प्रवाह हुन्छ । जुन ब्राउन राइसमा केवल ६० प्रतिशत हुन्छ ।

हामीले खाने खानामध्ये सबैभन्दा कम ग्लाइसेमिक इन्डेक्स हुने खाना जौ हो । जौमा ग्लाइसेमिक इन्डेक्स २८ प्रतिशत मात्रै हुन्छ । भन्नाले, जौबाट बनेको परिकार खाँदा एक घण्टामा २८ प्रतिशत ग्लुकोजको मात्रा रगतमा जान्छ । बाँकी ७८ प्रतिशत बिस्तारै प्रवाह हुँदै जान्छ । त्यसैले ग्लाइसेमिक इन्डेक्स जति बढी भयो त्यो खानाबाट प्राप्त हुने क्यालोरी त्यति नै छिटो सकिन्छ । जति कम ग्लाइसेमिक इन्डेक्स हुन्छ त्यति नै ढिला गरी शक्ति प्रवाह हुने भएकाले धेरै समयसम्म शक्ति प्रवाह भइरहन्छ ।

थाकेको बेला ‘इस्ट्यामिना’ बढाउन चिनी वा ग्लुकोज

धेरै थाकेको बेलामा शरीरमा छिट्टो शक्ति प्रदान गर्न किन ग्लुकोज वा चिनी पानी खाइन्छ ? यसको कारण पनि त्यही ग्लाइसेमिक इन्डेक्स नै हो । जस्तो, शक्ति कम भएको बेलामा चिनी वा ग्लुकोज खाँदा यसबाट १०० प्रतिशत क्यालोरी एक घण्टाभित्र रगतमा पुग्छ । जसले गर्दा छिट्टै ऊर्जा उत्पन्न हुन्छ ।

तत्काल कुनै कामको लागि शक्ति चाहिएको छ भने मधुमेहको समस्या नभएकाहरुले खान त मिल्छ । तर चिनीको तुलनामा मिस्री राम्रो हुने भएकोले मिस्रीलाई सानो सानो टुक्रा बनाएर यसको सेवन गर्नु बढी उचित हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व