कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकालाई पुर्ण खोप सुनिश्चिता एव दिगोपना घोषणा गरिएको छ । सोमबार एक कार्यक्रममा विच पुर्ण खोप सुनिश्चिता एव दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरिसा पालले घरधुरी सर्वेक्षण गरी १५ महिना भन्दा मुनी र १६देखि २३ महिना भन्दा मुनीका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएर खोप सुनिश्चिता गरिएको बताए ।
काँग्रेस बेदकोटका युवा नेता पारमणी जोशीले खोप सुनिश्चिता कार्यक्रममा जिसस प्रमुख दुर्गादत्त बोहरा, बेदकोट प्रमुख भोजराज बोहरा, उप प्रमुख तुलसी जोशी, प्रमुख प्रशाकीय अधिकृत पदमराज भट्ट सहितका जनप्रतिनिधी एव कर्मचारीको उपस्थिति रहेको थियो ।
(स्रोत : ईसुदूर दर्पण)









Discussion about this post