सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा अछाममा १ जनाको मृत्यु

अछाम– मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकाका अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टर ट्रलीको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए। गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds