Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के गर्ने निद्रासम्बन्धी समस्या भए ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १७, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

यदि कसैलाई ओछ्यानमा पुगेपछि निदाउनका लागि १० देखि २० मिनेटसम्म लाग्छ भने यसमा आत्तिनुपर्ने केही छैन । यो सामान्य हो । तर त्योभन्दा बढी समय अथवा पूरै रात निद्रा लागेन भने के गर्ने त ?

उठ्नुहोस्

यदि ओछ्यानमा पल्टेको २० मिनेटसम्म पनि निद्रा लागेन भने ओछ्यानबाट तुरुन्त उठ्नुपर्छ । त्यसपछि मधुरो बत्ती बालेको अर्को कोठामा गएर शान्तसँग बस्नुपर्छ । आफूलाई फेरि निद्रा नलागेसम्म आनन्द र शान्त महसुस हुने काम गर्न सकिन्छ । यही कार्य यदि रातमा केही समय निदाएर ब्युँझिएपछि फेरि पनि गर्न सकिन्छ ।

निद्रासम्बन्धी विशेषज्ञ रोबिन्स भन्छिन्, ‘यदि ओछ्यानमा निद्राका लागि बसेको २० मिनेटसम्म पनि निदाउन सकिँदैन भने तुरुन्तै ओछ्यान छाड्नुपर्छ । केही व्यक्तिहरूले निद्रा नलागे पनि ओछ्यानमा पल्टिँदा आराम महसुस हुने कुरामा विश्वास गर्छन् ।

रोबिन्सका अनुसार यो एउटा भ्रम मात्र हो । यदि निद्रा नलाग्दा पनि ओछ्यानमा बस्ने हो भने मानिसहरूले ओछ्यानलाई पनि अनिद्रासँग जोडेर हेर्न थाल्छन् ।

ओछ्यानलाई सफा र पवित्र राख्नुहोस्

निद्रासम्बन्धी अर्का विशेषज्ञ दास गुप्ता भन्छन्, ‘ओछ्यानलाई सधैँ यौन सम्पर्क गर्ने र निदाउने स्थानमात्र बनाउनुपर्छ । यसो गर्दा दिमाग सुत्ने कोठामा पुगेपछि निदाउनुपर्छ भन्नेमा सक्रिय रहन्छ । ओछ्यान सफा र पवित्र राखेमा सिरानीले टाउकोलाई स्पर्श गर्ने बित्तिकै निद्रा लाग्न थाल्छ ।

यही प्रक्रियालाई मात्रै पछ्याउँदा शयन कक्षमा प्रवेश गर्नासाथ के आवश्यक पर्छ मस्तिष्कले आफैँ थाहा पाउँछ । यसको मतलब के हो भने सुत्ने कोठामा प्रवेश गरेपछि टेलिभिजन हेर्ने, मोबाइल चलाउने गर्नुहुँदैन । यस्ता इलेक्ट्रोनिक्स डिभाइसमा प्रयोग हुने निलो प्रकाशले निद्रा लाग्न दिँदैन ।

सुत्ने कोठालाई गुँडजस्तै बनाउनुहोस्

आफ्नो मस्तिष्कलाई निन्द्राको प्रकृयाबाट पोषण प्राप्त गर्ने अपेक्षा राख्ने बनाउनुपर्छ । सुत्ने कोठालाई सधैँ अँध्यारो र न्यानो बनाउनुपर्छ । विज्ञानका अनुसार १५ देखि २० डिग्री सेल्सियस तापक्रममा राम्रो निन्द्रा लाग्छ । त्यसैले कोठालाई त्यही तापक्रममा व्यवस्थापन गर्नुपर्छ ।

तालिका तयार पार्नुहोस्

प्रत्येक दिन नियमित रूपमा दाँत माझ्नुपर्छ । मनतातो पानीले नुहाउनुपर्छ । धेरै चिसो पानीले नुहाउनु हुँदैन । मधुरो बत्तीमा बसेर किताब पढ्नुपर्छ । त्यस्तै मनलाई शान्त पार्ने संगीत सुन्नुपर्छ ।

नियमित योग र ध्यानको पनि उत्तिकै आवश्यकता छ । यी सबै कामहरू गर्ने निश्चित समय तालिका बनाउनुपर्छ । त्यस्तै राति ओछ्यानमा जाने र बिहान उठ्ने समय एउटै हुनुपर्छ ।

यस्तो तालिका बनाउनाले मस्तिष्क त्यही समयमा मात्र निदाउन र ब्युँझन मानिसलाई आदेश दिने गरी तालिमप्राप्त हुन्छ । त्यही काम पछि बानीको रूपमा विकास हुन्छ ।

दिमागलाई शान्त राख्नुहोस्

धेरै मानिसका लागि निद्रा नलाग्नु सबैभन्दा ठूलो रोगजस्तो भइसकेको छ । आजको विश्वमा मानिसहरू तनाव र एन्जाइटीमा रुमल्लिएका छन् । यसबीच हामीले के गर्ने र के नगर्ने भन्ने छुट्याउन निकै गाह्रो छ ।

रोबिन्स भन्छिन्, ‘यस्तो भयावह परिस्थितिमा ध्यान गर्नाले निद्रा लाग्न धेरै मद्दत गर्छ । हामीमा रहेका कुविचारहरू हामी अचेत भएको अवस्थामा हामीबाट हराएर जानु नै ध्यान हो । ध्यान गरिसकेपछि यसले मानिसलाई उचित समयमा आरामदायी तरिकाले निदाउन सक्ने बनाउँछ ।

तनावका कारणहरूको सूची ओछ्यानको छेउमा राख्ने

दिमागलाई शान्त राख्ने यो अर्को उत्तम विकल्प हुन सक्छ । सधैँ आफू सुत्ने ठाउँको छेउको टेबलमा आफू तनावमा रहनुको कारणहरूको सूची तयार गरेर राख्न सकिन्छ । सुत्नुअघि दिमागमा आएको कुरा लेख्ने गर्नुपर्छ ।

रोबिन्स भन्छिन्, ‘चाहे त्यो तनावपूर्ण, अतिसामान्य अथवा अतिभयानक कुरा किन नहोस्‚ त्यसलाई सुत्नुअघि नोट गर्नुपर्छ । त्यसपछि ‘यसका लागि रातमा मलाई कुनै समय छैन । यी सबै तनाव म भोलि बिहानबाट व्यवस्थापन गर्छु’ भन्दै आफैँसँग प्रण गरेर सुत्नुपर्छ ।’

गहिरो श्वास फेर्ने

रोबिन्स भन्छिन्, ‘हामीले गहिरो श्वास लियौँ भने त्यसले हामीलाई म शान्त छु‚ म गर्न सक्छु भन्नेजस्ता मन्त्रको रूपमा काम गर्छ । यसले मन मस्तिष्कलाई आराम दिनुका साथै निद्रा लाग्न मद्दत गर्छ ।’

गहिरो श्वास लिने धेरै तरिकाहरू छन् । विज्ञहरू ‘सिक्स इन–सिक्स आउट’ विधि प्रयोग गर्न सुझाव दिन्छन् । यसो गर्दा पेटमा बिस्तारै हावा भरिएको छ कि छैन विचार पु¥याउनुपर्छ । यो प्रकृयामा पेटमा हावा भरिनु स्वभाविक हो ।

सपना देख्न नछाड्नुहोस्

यदि माथि उल्लेख गरिएका विधिहरू पछ्याएमा केही समयपछि सिरानी देख्ने बित्तिकै निदाउने गरी मस्तिष्कले संकेत गर्छ । त्यसैले आफू निदाउन चाहन्छु भन्ने सपना देख्न कहिल्यै छाड्नुहुँदैन । बिस्तारै ती सपना वास्तविकतामा परिवर्तन हुनेछन् । मकालु खबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व