कञ्चनपुर- जिल्लाको वेदकोट नगरपालिकामा रहेको वेदकोट युवा संजाल द्वारा संचालित आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ।

चैत्र २७ गते वेदकोट नगरपालिकाका नगर प्रमुख कुमार चन्दले कार्यक्रमको उद्घाटन गरेका थिए।

एक साता चलेको आधारभूत पत्रकारिता तालिम सनिबार समापन गरिएको हो। एक वडाबाट दुई जना सहभागी हुने गरि १० वडा रहेको वेदकोट नगरपालिकामा २० जना युवा युवतीहरुको सहभागीता रहेको थियो ।

पत्रकारिता तालीमले पत्रकारिता क्षेत्रमा काम गर्न चाहाने युवा युवतीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने नगर युवा संजालका अध्यक्ष पदमराज पाण्डेयले बताए ।

युवा संजालले वेदकोट नगरपालिकामा युवा लक्षित तथा समाजिक हितका विभिन्न कार्यक्रम गर्दै आएको छ।










Discussion about this post