Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कान्छारामले गर्यो मझगाउ बिमानस्थलको निर्माण कार्य सुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर :  नेकपा एमाले कञ्चनपुरले गरेको चुनावी प्रतिबद्धता अनुरूप कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माण कार्य पूरा हुने भएको छ ।

भीमदत्त नगरपालिकाको मझगाउँमा रहेको विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेको थिएन । कतिपयले भारतीय सीमा नजिक हुनु र शुक्लाफाँटा निकुञ्ज नजिकै भएका कारण प्राविधिक रूपमै विमानस्थल सञ्चालन गर्न नसकिने तर्क गर्ने गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्राविधिक अध्ययन गरेर विमानस्थल पुनः सञ्चालन गर्न सकिने निधो भएको थियो । एमालेबाट मन्त्री बनेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पालामा मझगाउँ विमानस्थल पुनः सञ्चालनमा प्राविधिक जटिलता नरहेको निर्णय भएको थियो ।

 

विमानस्थल पुनः सञ्चालन गर्न सकिने निष्कर्षसहित मन्त्रालयले पुनर्निर्माणका लागि लगानीको सुनिश्चितता खोजेको थियो । विमानस्थल पुनर्निर्माण गर्न संघ सरकारले ५०%, प्रदेश सरकारले २५%, भीमदत्त नगरपालिकाले १५% र दोधाराचाँदनी नगरपालिकाले १०% लगानी गर्ने सहमति जुटेको थियो ।

 

ओली सरकारकै पालामा भानुभक्त ढकाल पर्यटनमन्त्री हुँदा २०७६ फागुन ३ गते लगानी सम्झौता भएको थियो । लगानी सम्झौताअनुसार प्रदेश सरकारले २५% अर्थात् ८ करोड, भीमदत्त नगरपालिकाले १५% अर्थात् ३.५ करोड र दोधाराचाँदनी नगरपालिकाले १०% अर्थात् २ करोड लगानी गरिसकेका छन् ।

सबै पक्षले लगानी गरेपछि सरकारले ठेक्का प्रक्रियाबाट पुनर्निर्माण कार्य अगाडि बढाइसकेको छ । निर्माण कार्यलाई गुणस्तरीय र छिटो सम्पन्न गर्न भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले सोमबार निरीक्षण गरेका छन् । निर्माणको ठेक्का कान्छाराम केएस जेभी निर्माण सेवा पाएको छ ।

विमानस्थल सञ्चालनका लागि १ हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचनाको निर्माण थालिएको कान्छाराम निर्माण सेवाका ईन्जिनियर प्रकाश श्रेष्ठले बताए ।

संरचना निर्माण सकिएलगत्तै महेन्द्रनगर–काठमाडौं हवाइ हुने सुरू हुनेछ । सरकारले २७ करोड लागत अनुमानको ठेक्का आह्वान गरेको थियो ।

विमानस्थल पुनः सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदादेखि नै सांसदद्वय डा. दीपकप्रकाश भट्ट र निरुदेवी पाल तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पहल गरिरहेका थिए । ओली सरकारकै पालामा अगाडि बढेको प्रक्रिया निर्माणको चरणमा पुगिसकेको छ ।

(Source : abhiyandainik.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व