Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी हुँदैछ सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २३, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेलको सहमति भएपनि मापदण्डको टुंगो लागेको छैन । गठबन्धनको पाँच दलको बैठक बसेर २६ चैत्रभित्र तालमेलको आधार तयार गर्ने सहमति भएको छ ।

स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २०७४ सालमा जितेका ठाउँमा आफ्नै उम्मेदवारलाई पालिका प्रमुखमा उम्मेदवार बनाउने सहमति गरिसकेका छन् । तर, नेकपा एकीकृत समाजवादी नेकपा एमालेबाट फुटेर बनेकाले उसलाई कुन कुन पालिका दिने भन्नेमा सहमति बनेको छैन ।

 

सहमति अनुसार महानगरपालिकाहरुमध्ये ललितपुर र विराटनगरमा काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टीबाट गठबन्धनका साझा उम्मेदवारका रुपमा मेयरका उम्मेदवार बन्नेछन् । तर, एमालेले जितेको काठमाडौं र पोखरामा काँग्रेस र नेकपा एसको दाबी छ । नेकपा एसले कम्तिमा एक महानगरपालिकामा दाबी गरेको छ । तर, नेकपा एस मानेको छैन । अन्तमा पोखरामा नेकपा एसले लिने वा उपमहानगरपालिकाहरुमा उसले बढी सिट लिने गरी सहमति बन्न सक्ने बुझिएको छ ।

 

विगतमा जितेका वडाध्यक्ष र वडा सदस्यहरुमा गठबन्धनकै सोही दलका उम्मेदवारलाई अगाडि बढाउने सहमति बनेको छ । तर, एमालेले जितेको वडाको अध्यक्ष देखि सदस्यहरुमा भागवण्डाको कुरा मिलेको छैन । नेकपा एसले राष्ट्रिय सभाको उम्मेदवारको भागवण्डाको प्रतिशतलाई आधार मानेर गर्नुपर्ने अडान राखेको छ ।

 

यसैगरी, सत्ता गठबन्धनले विभिन्न स्थानीय निकायमा साझा उम्मेदवार तय गर्न थालेका छन् । गुल्मीको मालिका गाउँपालिकामा काँग्रेस, माओवादी र नेकपा एसले उम्मेदवार टुंगो लगाएका छन् । जस अनुसार माओवादीबाट अध्यक्षसहित २ वडाध्यक्ष, काँग्रेसबाट उपाध्यक्षसहित ६ वडाध्यक्ष र नेकपा एसले वडा सदस्यहरु पाउने गरी कुरा मिलेको छ ।

 

गठबन्धन दलहरु केन्द्रबाटै निर्देशन बमोजिम तालमेल गरी साझा उम्मेदवार तय गर्न जुटेका छन् । देशभर तालमेलका लागि केन्द्रबाट निर्देशन भएबमोजिम उम्मेदवार तय हुन थालेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व