काठमाडौं : एक दिनअघि माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी उर्फ हरि पार्टीमै फर्किएका छन्। क्षणिक आक्रोश र आवेगमा आएर एमाले प्रवेश गरेको उनले स्पष्टीकरण दिएका छन्।
’मभित्र क्षणिक आक्रोश र आवेगमा आइ राजनीतिकरुपमा गम्भीर गल्ती कमजोरी हुन गइ समग्र पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीररुपमा आत्मलोचना गर्न चाहन्छु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्।
आगामी दिनमा पार्टीमा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशिल रहने प्रतिबद्धता उनले जनाएका छन्। गत स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट बेनिघाट रोराङ्ग गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
(अन्नपूर्ण पोष्टबाट साभार)









Discussion about this post