साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ झन् बढेको छ। हिजो बिहीबारको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post