साताको दोस्रो दिन अर्थात आज (सोमबार) सुनको भाउ केही बढेको छ। लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन ९९ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ आइतबारको तुलनामा ३ सय रुपैयाँले सस्तो हो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ। आइतबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि यही मूल्यमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post