साताको चौथो दिन अर्थात आज (बुधबार) पनि सुनको भाउ ह्वात्तै घटेको छ। नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने लगातार घटेको हो। आज सुन तोलामा १२०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ९८ हजार ८०० निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले सस्तो हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post