Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनताकै सुविधाका लागि मन्त्रालयको सङ्ख्या बढाएर १४ पुर्‍याएका हौँ : मुख्यमन्त्री पाण्डे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताको सुविधाका लागि मन्त्रालयको सङ्ख्या बढाएर १४ पु¥याएको बताउनुभएको छ । आज आइतवार प्रदेश सभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘तीन वटा दलको गठबन्धनको सरकार भएका कारण धेरै मन्त्रालय बनाएको भन्ने कुरा उठ्यो । कतिले धेरै साथीहरूलाई मन्त्री बनाउनपर्ने भएर मन्त्रालयको सङ्ख्या बढेको पनि भन्नुभयो । तर हामी मन्त्रालयलाई व्यवस्थित गर्न सक्यौँ भने धेरै काम गर्न सक्छौँ भनेर त्यसो गरिएको हो । काम छिटो छरितो र जनतालाई चाँडै सेवा सुविधा दिनका लागि मन्त्रलय बढाएका हौँ । १५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन लाइनमा छन् । तर अबको तीन वर्ष लाग्दा पनि उनीहरूले त्यो प्रमाणपत्र लिन सक्दैनन् । त्यो खालको अफ्ठ्यारो स्थिति छ । त्यसैले छिटो भन्दा छिटो सवारी साधन चालक प्रमाणपत्र दिन ट्रायल सेन्टरहरु बढाउने, त्यसको लागि पनि हामीले कार्यविधि पास गरिसकेका छौँ । आज फेल भएको मान्छेले भोलि नै ट्रायल दिन सकोस् भन्ने हिसावले काम अघि बढाएका छौँ ।’

सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभयो । उहाँले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोड रुपैयाँ बजेट राखेको तर निर्माण सुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब रुपैयाँ लाग्ने स्थिति रहेको बताउनुभयो । उहाँले सुरुङ र सडक निर्माणका लागि विदेशी बैंकहरूले ऋण दिन इच्छुक रहेको बताउँदै तत्काल नबन्ने काममा सानो बजेट छुट्याएर बजेट फ्रिज गर्न नमिल्ने भनाइ राख्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘सुरुङ बनाउन भनेर ७५ करोड राखेको रहेछ । यही रोस्टमबाट तत्कालीन मुख्यमन्त्रीले बजेटको सुनिश्चितता भएन भने सुरुङमा पैसा राख्दिनँ भन्नुभएको थियो । जुन पैसाबाट सुरुङ तत्काल बन्दैन, हामी जत्तिको राजनीतिक मान्छेले जनताको आँखामा सरासर धुलो हाल्नु हुन्छ र ? सुरुङ नबन्ने त्यो पैसा फ्रिज बनाउने कुरा मात्रै हुन्छ । त्यसबाट जनताको सेवा हुँदैन । त्यस्तै विद्युतीय बसको कुरा विद्युतीय बस अहिले चल्ने बाटो नै छैन । केही मानिसहरू कति ल्याइदिऔँ भनेर आएका थिए । चल्ने बाटो नै छैन यो कुरा छलफल नगर्नुस् भनेर पठाइदिएँ । चार्जिङ स्टेशन तयार छैन । कहाँ चलाउने हो विद्युतीय बस ? सुरुङलाई, विद्युतीय बसलाई भनेर छुट्याएको पैसा आजका दिनसम्म खर्च भएको छैन । तर म घोषणा गर्दछु, अब चलाउँछौँ । अब त्यो पैसा थन्क्याएर राख्दैनौँ । फ्रिज गर्दैनौँ । कलेज, विद्यालय, पानी, जनताका लागि रोकिएका सेवा र सुविधाका लागि पठाउँछौँ ।’

मुख्यमन्त्री पाण्डेले यस आर्थिक वर्षमा अहिलेसम्म २० प्रतिशत बजेट मात्रै खर्च हुन सकेको भन्दै अब विकासका कार्यक्रम धमाधम सुरु हुने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री पाण्डेले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारी साधनहरूमा क्यासलेस सिस्टमको विकास गर्न आवश्यक रहेको र त्यसमै प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले चालक, सहचालकहरूको जागिर असुरक्षित भएको भन्दै प्रदेश सरकारले अब उनीहरूलाई पनि सम्मानित कर्मचारीको हैसियतमा रहेर काम गर्ने स्थिति बनाउन लागेको दाबी गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व