Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कार्यकर्तालाई अन्याय गरिनु हुँदैन : कांग्रेस सहमहामन्त्री राठौंर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पार्टीमा कार्यकर्ताहरु बाबुआमाले भनेको नमानेर नेताको पछि लागेकाले उनीहरु उपर कुनैपनि अन्याय गर्न नहुँदे नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बताएका छन्। नेपाली काँग्रेस बर्दियाले आयोजना गरेको घरघर जाऔं काँग्रेस जिताऔं अभियानको शुभारम्भ समारोहलाई सम्बोधनगर्दै प्रमुख अतिथी राठौरले पार्टीका लागि मरिमेट्ने कार्यकर्ताहरुलाई कुनैपनि अवसरमा न्याय गर्नुपर्ने बताएका हुन्।

पार्टीमा पदले मान्छे ठूलो नहुने तर परफरमेन्स, त्याग र सक्रियताले नेता कार्यकर्तालाई उचाईमा पुर्याउने भएकाले पार्टीले दिएको कुनैपनि जिम्मेवारी निसन्देह पूरा गर्नुपर्ने उनको भनाई छ। पार्टीका जिल्लास्तमा बनाईने कार्यक्रमहरु जिल्लाबाट केन्द्रमा पुगेकाहरुबीच छलफल गरेर अगाडी बढाउन निर्देशनदिँदै नेता राठौरले काँग्रेसमा कामगर्ने शैली र शोचमा आमूल परिवर्तन गर्न जरुरी रहेको औल्याए। काँग्रेस पार्टीको संरचना चुस्त, दुरुस्त, संगठित र गतिशिल बनाउन अभियानको आवस्यकता महशुस गरिएकाले पार्टीले घर घर जाउँ कांग्रेसलाई जिताऔ अभियान शुरु गरेको उनले प्रष्ट्याए।

कांग्रेसका कार्यकर्ताहरुको कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी रहेकाले वडा तथा प्रदेस क्षेत्रहरुमा पठाउने प्रतिनिधिहरु राम्रो चयन गर्न आग्रह गरे। कांग्रेसमा आवद्ध क्रियाशिल सदस्यहरुले आफूहरुको दायित्व बुझ्दै अभियानलाई सार्थक बनाउन घरघरमा पुग्नुपर्ने नेता राठौरको भनाई छ। नजिकिंदै गरेको स्थानियतहको निर्वाचनलाई ईगितगर्दै राठौरले भने वडा समितिहरुले सर्बसम्मत रुपमा चयन गरेका उम्मेदवारहरु उपर पार्टीको उपल्लो तप्काले हस्तक्षेप गर्दैन। वडा स्तरमा सहमती नजुटी केन्द्रसम्म नाम आईपुगे केन्द्रको निर्णयलाई सबैले मान्नुपर्ने उनको जिकिर छ।

बर्दियामा आफ्नो र संजयकुमार गौतमको नाममा कसैले बदमासी गर्न नपाउने घोषणागर्दै पार्टीमा बसेर निर्वाचनमा घात अन्र्तघात गर्ने प्रबृत्ति कुनैपनि हालतमा क्षम्य नहुने जानकारी दिए। पार्टीको निर्णय बिरुद्ध कोही पनि जान नपाउने भएकाले पार्टीमा रही अन्य पार्टी वा ब्यक्तीलाई भोट हाल्ने काम कदापी स्विकार्य नहुने सह महामन्त्री राठौरको भनाई छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य संजय कुमार गौतमले वडा, स्थानीय तहलगायत संसदिय निर्वाचनमा विगतमा काँग्रेस आफ्नै कारणले हार ब्यहोरेको बताए। टोल टोलमा बनेका समितिहरुमार्फत काँग्रेसले गरेका राम्रा कामहरु जनताको घरघर सम्म पुर्याउनु पर्ने उनको भनाई छ।

पार्टीका राम्रा कामहरु जनताको घरघरसम्म पुर्याउन नसकेको बताउँदै नेता गौतमले कार्यकर्ताहरु आफ्ना मनमा रहेका तुष र नराम्रा कुराहरु मात्र पार्टीमा ब्यापक गर्ने गरेको प्रष्ट्याए। पार्टी भित्र कुनै गुटउपगुट नरहेको प्रष्टपार्दै लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरुमा खेलेको विचारलाई गुटका रुपमा नलिन केन्द्रिय सदस्य गौतमले आग्रह गरे। अभियानका प्रतिनिधि एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले नेपाली काँग्रेसले एमसीसी सम्झौता अनुमोदनको अन्तिम तयारीमा पुगेपछि कम्यनिष्टहरुको चेत खुलेको बताए।

नेपालमा एमसीसी उपर ब्यापक भ्रम फैलाईएको बताउँदै हल्ला आएजस्तो एमसीसी नरहेको दाबी गरे। अमेरिकाबाट धेरै मुलुकले अनुदान लिएर समृद्ध भएको उदारहणदिँदै नेता बरालले नेपाल पनि अब समृद्धिको बाटोमा अघिबढ्ने जिकिर गरे। नेपालमा ब्यापक उर्जा उत्पादन गरी देशलाई समृद्ध बनाउने काँग्रेसको सपना रहेकाले एमसीसीले सहयोग पुग्ने विस्वास ब्यक्त गरे। आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने ठोकुवा गरे। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य जुवेदा खातुनले पनि अभियानलाई सफल पार्नुपर्ने बताएकी छिन्। यादव आचार्यले अन्नपूर्ण पोस्टमा लेखका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व