गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले मुलुकमा कुशासनको डढेलो लागेको बताएका छन्।
शुक्रबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै पहारीले केपी शर्मा ओली सरकारले बसालेको थितिलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेथितिमा परिणत गराएको आरोप लगाए।
सांसद पहारीले विदेशीहरूसँग भिख मागेर भन्दा देशभित्रै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए। व्यवसायमैत्री वातावरण सिर्जना गरेर मात्रै देशलाई समृद्ध बनाउन सकिने उनको धारणा थियो।
उनले झण्डावाल गाडी देखाएर भन्दा पनि जनतालाई अनुभूति गराएर सरकारको दायित्व पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरे।
’बस्ती टोलमामात्र होइन, सिंगो मुलुकमा आगोमात्र लागेको होइन डढेलो लागेको छ। भ्राष्टाचारको डढेलो लागेको छ, कुशासनको डढेलो लागेको छ, विकृती विसंगतिको डढेलो लागेको छ, मूल्यवृद्धिको डढेलो लागेको छ। यो कुरा तथ्यांकले बताएको छ,’ पहारीले भने। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post