लामो समयदेखि बढिरहेको सुनको भाउ साताको पाँचौ दिन अर्थात आज (बिहीबार) भने ओरालो लागेको छ। बुधबार २५०० रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ। बुधबार अहिलेसम्मकै उच्च विन्दूमा पुगेको सुनको भाउ आज भने ओरालो लागेको हो । बुधबार सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। बुधबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post