नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन्। शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन्।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो। पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त भएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी विजयी भए।
पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए। त्यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए भने १०१ मत बदर भएको थियो। अन्य पदको मतगणना हुन बाँकी छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post