Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् । प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशिल भएर अघि बढेको बताउँदै प्रदेश सरकारले निर्माण गरेको नियम कानुनहरुमा मानव अधिकारको विषयलाई प्राथमिकताका साथ राखेको उल्लेख गरे ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रादेशिक कार्यालय जनकपुरधामले आयोजन गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्दघाटन गर्दै मुख्यमन्त्री राउतले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् नहोस् भनि ख्याल मात्रै गरिदिए मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठूलो फडको मार्ने विश्वास व्यक्त गरे ।

मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेपनि प्रहरी प्रशासनको आभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री राउतले प्रहरी प्रशासनको हस्तान्तरण भए लगतै मानव अधिकार उल्लंघनको घटनाहरु नियन्त्रणमा फडको मार्ने विश्वास व्यक्त गरे ।

उच्च अदालत जनकपुरका प्रमुख न्यायधिश विनोद शर्माले प्रहरीले घटना एउटा र सन्दर्भ फरक भएको झुटो घटनालाई ल्याएर न्यायलाई गिजोल्ने गरेको बताए । उनले भने, ’घटना एउटा हुन्छ, प्रकृति अर्कै हुन्छ, प्रहरीले एउटा भनेको हुन्छ, घटनाको प्रकृति प्रहरीले भने भन्दा भिन्न हुन्छ, त्यसपछि हामीलाई न्याय गर्न अप्ठयारो हुन्छ, जस्ले न्याय बदनाम भइरहेको छ, न्याय गिजोलिरहेको छ ।’

नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह राजपुतले जीवन दर्शनलाई मानवअधिकारले विषयवस्तु बनाएको र मौलिकता, अवधारणा, गम्भीरता, प्रेम र सम्वेदनशीलता, जीवनप्रतिको सम्मान प्रेम नै मानवअधिकार भएको बताए ।

उनले भने, ‘मानव, मानिस बन्न मानव अधिकारको पालना गर्नुपर्ने हुन्छ । मानव र दानव बन्ने प्रवृति मानिसमा स्वयम् भएकाले तपाई मानव बन्ने की दानव त्यो तपाईँको स्वयम विषय हो ।’उनले मानवअधिकार संरक्षणको लागि प्रशासन चाहिने बताउँदै ,‘प्रशासन भएन भने सुशासन आउँदैन । प्रदेश सरकार आज एउटा उपभोक्ता समिति सम्ममा सिमित भएको छ । विधिको शासन भएन, कानुनको सर्वोच्चता भएन भने मानव अधिकारको सरक्षण हुँदैन् ।’

मानव अधिकार अधिकृत मनमाया मगरको उदघोषण मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा मानव अधिकार रक्षक संजालका केन्द्रीय अध्यक्ष श्यामा साह, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रादेशिक मानव अधिकार रक्षकहरुको अवस्था, मानव अधिकारको सवालमा रक्षकहरुको भूमिका, पछिल्लो मानव अधिकारहरुको अवस्था र घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने निर्देशक वीरबहादुर मगरले जानकारी दिए । गोविन्द महतोले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व