राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि र कमीकमजोरी सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले ०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्ती भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए।
संवर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले राजनीतिक परिवर्तनपश्चात् मुलुकलाई त्रुटिपूर्ण मार्गचित्रबाट जबर्जस्ती अगाडि बढाइएकाले संकटको दलदलमा भासिएको दाबी गरे। मुलुकको शिक्षा गरिब जनताका छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै उनले राप्रबिसं नेपालका विद्यार्थीलाई शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्यका निमित्त सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गरे।
सो अवसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ। कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल, दिपक जोशी छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह छन्।
सह–महासचिवमा तेज कार्की र समीर थापा, सचिवमा सरोज तिमल्सिना, अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह छन् भने सह–सचिवमा विशाल राउत, सम्पदा अधिकारी र सन्दीप खड्का छन्।
कार्यक्रममा राप्रपा नेपालका नेताहरू राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरू कमल बम, शशि भण्डारी, दिपेश शाह, राजु गैरे, त्रिविक्रम सिंह लगायतले बोलेका थिए। थाहा खबर बाट सभार









Discussion about this post