नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग एमसीसीबारेको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताउनुभएको छ । प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेको बताउनुभएको हो ।
‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सिर्जना सृजना गरिएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो संविधान र कानुनले त्यो व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरिएको भन्दै पोखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताउनुभयो ।
यस्तै उहाँले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो, त्यो पूरा भएको छ’, पोखरेलले भन्नुभयो, ‘टेबल गर्नुपरे आत्महत्या गर्छु भन्नु भएको थियो, अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।’ सीताराम ओझाले उज्यालो अनलाइनमा लेखेका छन्।









Discussion about this post