साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । बुधबार तोलाको १९०० ले बढेको सुनको भाउ आज भने प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। बुधबार तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, सुनको भाउ घटेपनि आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। पछिल्लो समय मूल्यवान धातु सुनको भाउ बढेको बढ्यै छ । नयाँ पुस्ता बाट सभार









Discussion about this post