सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा अध्यक्ष नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबी समेत गरे।
ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरूले विरोध गरेपछि अमेरिकाले हटाएको दाबी गरे। नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरेपनि आफूहरूले विरोध गरेर बचाएको तर्क गरे।
अध्यक्ष नेपालले भने, ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ। र कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, सर्त राखेर। कस्तो सर्त भन्दाखेरी पुर्वाग्रहपूर्ण सर्त छ। सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ। माधव नेपालसहितका १४ जनालाई सिध्याई दिनुपर्छ।’
यथास्थितिमा एमसिसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटकपटक दोहो¥याए। थाहा खबर बाट सभार









Discussion about this post