नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ। फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन फागुन २० गतेको लागि सारिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको जनाएको छ। कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको अधिवेशन गर्न सकेको छैन। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post