नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् ।
‘एमसीसीको विपक्षमा मतदान गर्छौ । एमसीसी पारित हुन नदिने पहल गर्छौ’, खतिवडाले भने ।
आज बोलाइएको सचिवालय बैठक भने स्थगित भएको छ । अर्को बैठक भोलि बस्ने जानकारी दिइएको छ । समय नपुगेकाले सचिवालय बैठक आज बस्न नसकेको खतिवडाले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच भने छलफल भएको छ । अनलाइनखबर बाट सभार









Discussion about this post