Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भइरहेको छ : झलनाथ खनाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्घीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबल गर्नु संविधान विरोधी काम भएको बताउनुभएको छ । आज आइतवारको प्रतिनिधि सभाको बैठकपछि बोल्दै उहाँले सरकारमा रहेका दलहरूको असहमतिमा संसदमा एमसीसी टेबल गरिनु संविधानलाई मिच्ने काम भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूचीसमेत ल्याउन नमिल्ने भन्दै नेता खनालले सरकारले राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई संसद् अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताउनुभयो ।

नेता खनालले एउटा आर्थिक सहायताका लागि देश विभाजन गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान सभाले बनाएको संविधानको धारा २७९ ले सङ्घीय ऐन बनाएर मात्रै यस्ता खालका सन्धि, सम्झौताहरू अनुमोदन गराउन भन्छ । चार प्रकारका सन्धि, सम्झौताहरू मात्रै यो ठाउँमा अनुमोदनका लागि ल्याइने गरिन्छ । सङ्घीय ऐन नै नबनाइ संविधानलाई मिचेर जबरजस्ती एमसीसी टेबल गर्नु संविधान विरोधी काम हो । संविधानलाई मिच्ने काम भयो । प्रमुख प्रतिपक्षले संसद् चल्न दिएको छैन । यस्तो बेलामा कुनै पनि कार्यसूचीहरू आउँदैनन् । राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई यस्तो बेलामा पेस गर्ने कुरा अर्को लज्जास्पद कुरा हो । स्थायी कमिटीको बैठकमा एमसीसी टेबुल गर्न दिने भनिएको छैन । अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भइरहेको छ । एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? यसका लागि कतिपय मानिसहरु यहाँ निहुरिरहेका छन्, यो लज्जास्पद कुरा हो ।’ उज्यालो अनलाइन बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व