नेकपा माओवादी केन्द्रले जबरजस्ती संसदमा एमसीसी टेबल गरेको भन्दै आपत्ति जनाएको छ। माओवादी प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै आपक्ति जनाएका हुन्।
’सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्टरुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको दर्फबाट लिखित असहमति जाहेर गरिएको छ। देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्नसक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबरजस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति छ,’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले एमसीसीविरुद्ध सडकमा उत्रिएका नेता–कार्यकर्तामाथि प्रहरीले गरेको दमनको भर्त्सना गरेका छन्। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post