Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

११ वर्षिय बालकको जीवन बचाउन परिवारले गरे सहयोगको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ६, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमक ६, फागुन । झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ बर्षिय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् ।

लखनपुर चोक नजिकै घर भएका १२ वर्षिय थापा लामो समयदेखि रगत सम्वन्धि समस्याबाट पीडित परिवारले सवैसंग सरसहयोगको याचना गरेका हुन् ।

विरामीका आमा सुभद्रा थापाका अनुसार बालक ६ महिनाको हुँदा देखिनै स्वास्थ्य समस्या देखिन थालेको थियो । त्यस लगत्तै उपचार शुरु गरेका उनीहरुले नेपाल र भारतका अधिकांश अस्पतालहरु पु¥याए । ११ महिनाको हुँदा देखिनै नियमित जसो रगत दिई रहनु पर्ने अवस्था थियो । तर अहिले दिनहुँ जसो रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरुले बताए पछि विपन्न आर्थिक अवस्थाको परिवार अत्यासमा परेको छ ।

गुजारामा समेत कठिन

युनिकका बुवा राजकुमार १५ वर्ष देखि वैदेशिक रोजगारीका क्रममा हाल दुवईमा छन् । भएको एक कट्ठा जमिन पनि रेलमार्गको भागमा परे पछि बेचबिखन हुने अवस्था छैन । ‘उहाँले विदेशमा कमाएको सवै पैसा छोराको उपचारमा सकियो’ सुभद्राले भनिन्–‘अहिले सम्म कति खर्च भयो, कुनै हिसाव छैन । जति कमाएको सवै खर्च उपचारमै हुँदैछ । उहाँ (श्रीमान) लाई पनि नेपालै फर्कने मन छ तर के गर्नु छोराको उपचारका लागि भए पनि आउने अवस्था छैन ।’


घरमा वृद्ध बुवा र आमा छन् । एउटी ५ वर्षकी छोरी छन् । आम्दानी केहि छैन । बाँस र माटोले बनाएको सामान्य घर छ । एकातर्फ छोराको उपचारको चिन्ता, अर्का तर्फ सानी छोरीको पढाई लेखाई । दैनिक गुजरा त गर्नुनै छ, त्यसमाथि वृद्ध बुवा आमाको हेरचार पनि अर्को जिम्मेवारी । ‘अब त हात नफैल्याई हुँदै भएन, सवैको साथ सहयोग भए छोराको उपचार सम्भव हुन्थ्यो‘‘’–सुभद्राका गला अवरुद्ध भए ।

 

युनिक बचाउ अभियान

५ वर्षकी बहिनी युनिशा थापाको बोनम्यारो ट्रान्सप्लान्ट गर्न मिल्ने डाक्टरहरुले बताएका छन् । तर खर्च कति लाग्छ कुनै टुङ्गो छैन् । वडा कार्यालयले केहि सहयोग गर्न सक्ने भए पनि ठुलो रकम व्यवस्थापन कठिन भएको वडाध्यक्ष नरेन्द्र भट्टराई बताउँछन् । सरकारी तवरबाट प्राप्त हुने सहयोगका लागि प्रकृया अघि बढाईएको भन्दै उनले थप रकम जुटाउन सवैको सहयोग आवश्यक रहेको बताएका छन् ।

सहयोग संकलनका लागि वडाअध्यक्ष समेतको उपस्थितिमा स्थानीय अगुवा अरुण भण्डारीको संयोजकत्वमा युनिक बचाउ अभियान गठन गरिएको छ । दमकस्थित सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र बिरामी बालकका छिमेकी समेत रहेका उनले भने–‘अहिले बालकको जीवन बचाउने पहिलो कर्तव्य हामी सवैको हो, त्यसैले जति सकिन्छ सहयोग गर्न म सवैलाई आह्वान गर्दछु।’ अभियान गठनसँगै भण्डारीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

 

योसँगै अन्य व्यक्तिहरुबाट पनि सहयोग जुट्न शुरु भएको छ । तर २५ लाख रुपैयाँ भन्दा बढि लाग्न सक्ने भएकाले सवैले सक्दो सहयोग गर्न खाँचो रहेको छिमेकी हर्कबहादुर राया बताउँछन् ।

सहयोग गर्ने बाटो

बालक युनिकलाई सहयोग गर्न गठित अभियान शुरुवाती चरणमा छ । केहि दिनमानै समितिको बैंक सञ्चालनमा ल्याउने तयारी छ । तर हाल सहयोग गर्न ईच्छुकहरुले बिरामीको आमा सुभद्रा थापाको नाममा सानिमा बैंकमा रहेको खाता नं.००२०११०९००००३८४ मा सहयोग प्रदान गर्न सकिने छ । साथै परिवारसँग थप जानकारी लिन ९८१७९४४८ ३६ मा बिरामीको आमा सुभद्रासँग पनि सम्पर्क गर्न सकिने छ ।

(Source: pradeshbani.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व