सत्ता गठबन्धनले एमसीसीको विषयमा सघन छलफल गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनको बैठकपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सार्वभौम संसद्मा छलफल गराएर निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको जानकारी दिए।
संसद् सूचारु गराउनु प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व भएको बताउँदै उनले संसद् जीवन्त बनाउन प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको बताए। प्रधामन्त्री देउवा र एमाले अध्यक्षबीच एमसीसी संसद्मा टेबल गर्ने विषयमा पनि छलफल भएको बताउँदै उनले त्यसमा ओली सकरात्मक भएको बैठकमा जानकारी गराएको स्पष्ट पारे ।
कार्कीले एमसीसीको विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा थप छलफल गरेर अगाडि बढ्ने जनाए। बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए। बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न सकेन। उनले अर्को बैठक आइतबार बिहान १० बस्ने बताए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post