Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालको युएईविरूद्ध २५ रनले हार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो ।

 

नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

 

आरिफ शेख ११ रनमा आउट भएका थिए । इनिङ्सको अन्तिम बलमा आउट भएका लोकेश बलमा २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहे । युएईका कासिफ दौडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

नेपालले अघिल्लो खेलमा शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले सोमबार आयरल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्ने छ ।

यसअघि पावर प्लेको ६ ओभरमा युएईले १ विकेट गुमाइ ६० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईले चिराग सुरी र रोहन मुस्ताफाको सानदारमा १९२–३ को मजबुत स्कोर बनाएको थियो ।

 

सुरी ८४ रन बनाएर अविजित रहे । उनले ५३ बल खेली ५ चैका र ५ छक्का प्रहार गरे । उनीसँगै अविजित रहेका मोहम्मद बुटाले ८ बलमा १४ रन बनाए । मुस्ताफाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए ।

 

ओमानको राजधानी मस्कटमा ओपनर मोहम्मद वासिमले तेस्रो ओभरको पहिलो दुई बलमा शाहव आलमको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा शाहवले वासिमलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । वासिमले १३ बलमा २२ रन बनाए । कप्तान सन्दीप लामिछानेले बसिल अहमदलाई १७ रनमा बोल्ड गरे ।

 

नेपालले ओमानसँगको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ । प्रदीप ऐरी, अविनाश बोहरा र सागर ढकालको स्थानमा लोकेश बम, जितेन्द्र मुखिया र शाहवलाई खेलाइएको छ । नेपालले लगातार दोस्रो खेलमा पनि प्रमुख खेलाडीद्वय कुशल भुर्तेल र करण केसीलाई खेलाएको छैन ।

 

साता सुरु हुने ट्वान्टी–२० विश्वकपको छनोटको तयारीको रुपमा नेपालले यो प्रतियोगिता खेलिरहेको छ । विश्वकप छनोटको खेलहरू पनि मस्कटमै हुनेछ ।

 

(Source : ekantipur.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
फ्ल्यास हेडिङ

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट
मुख्य समाचार

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व