Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी संघमा फर्कन नपाउने अदालको फैसला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा फर्कन नपाउने फैसला गरेको छ । संघीयता कार्यान्वयनका क्रममा प्रशासकीय संक्रणकालीन व्यवस्थाका निम्ति गरिएको कर्मचारी समायोजन कानुनसम्मत रहेको सर्वोच्चको ठहर छ । पूर्ण इजलासको बुधबारको फैसलाले सरकारले २०७६ सालमा गरेको कर्मचारी समायोजनलाई प्रशासनिक संघीयकरणका रूपमा व्याख्या गरेको छ ।

कर्मचारी समायोजन, लोकसेवा आयोगले सुरु गरेको पदपूर्तिलगायत विषयमा साता लामो सुनुवाइपछि सर्वोच्चले प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्न समायोजन ऐन २०७५ अनुसार गरिएको काम उचित रहेको निष्कर्ष दिएको हो । संघीय र प्रदेश निजामती ऐन नभएकाले समायोजनमा परेका कर्मचारीको वृत्ति विकास, सेवा सुविधा, भौगोलिक क्षेत्रको कार्यानुभवको अवसरको उपलब्धता तथा अभिलेख व्यवस्थापनका लागि भने कानुनी र व्यवस्थापकीय प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशको विस्तृत व्यहोरा पूर्ण पाठमा उल्लेख गरिने भनिएको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको निर्णयसँगै प्रदेश र स्थानीय तहमा समायोजन भएर हाल संघमा फर्कन चाहने एक सय २० जनाभन्दा बढीको रिट निवेदन खारेज भएको छ । यसअघि सोही प्रकृतिका मुद्दामा अदालतबाट आदेश लिएर आएका ३४ जना अधिकृतलाई भने संघको दरबन्दीमा व्यवस्थापन गरिसकिएको छ ।

सर्वोच्चको उक्त अदेशले अब प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको संघमा फर्कने कानुनी आधार बन्द भएको छ । कर्मचारीहरूले २०७६ मा आफूहरूलाई समायोजन ऐन र मापदण्डविपरीत प्रदेश र स्थानीय तहमा पठाएको भन्दै रिट दिएका थिए । २०७२ पछि नियुक्ति लिएका अधिकृतहरूले संविधान जारी भएपछि पदपूर्ति भएकाहरूलाई प्रदेश र स्थानीय तहमा खटाउन नमिल्ने जिकिर गरेका थिए । तर सर्वोच्चले भने सरकारले संक्रमणकालीन अवस्थामा कर्मचारीलाई समायोजन ऐन अनुसार खटाउन सक्ने आदेश दिएको छ ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्तिका लागि लोक सेवा आयोगलाई पठाएको दरबन्दी कानुनसम्मत रहेको ठहर पनि अदालतले गरेको छ । रिट निवेदकहरूले संघीय मन्त्रालयले संघमा रिक्त दरबन्दी लुकाएर आफूहरूलाई प्रदेश र स्थानीय तहमा पठाएको बताउँदै आएका थिए । सर्वोच्चले निजामती सेवा नियमावली २०५० को नियम १३ अनुसार नै पदपूर्तिका लागि आयोगलाई पत्राचार गरेको भन्दै समायोजन ऐन २०७५ विपरीत समायोजन भएको दाबी नठहर्ने आदेश गरेको छ ।

सर्वोच्चले आयोगलाई पूर्वनिर्धारित पदपूर्तिको प्रक्रिया नरोक्नसमेत आदेश दिएको छ । समायोजनबाट फर्केका कर्मचारीले दायर गरेको रिटका आधारमा गत भदौमा सर्वोच्चले अधिकृत स्तरको नतिजालगायतका पदपूर्ति रोक्न आदेश दिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा माग भएअनुसार अधिकृतको अन्तिम परीक्षा दिएर बसेका पाँच सय १३ जनाले आफ्नो नतिजा रोक्नुपर्ने कारण नभएको भन्दै रिट दिएका थिए । सर्वोच्चले लोक सेवा आयोग ऐन २०६६, नियमावली तथा निर्देशिका २०६७ अनुसार आयोगले तोकेको परीक्षा सुरु भइसकेपछि विज्ञापन रद्द गर्न नमिल्ने ठहर गरेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कर्मचारीसम्बन्धी सबै रिटको पूर्ण इजलासमा एकै पटक सुनुवाइ गर्न दिएको आदेश अनुसार पदपूर्तिको नतिजा प्रकाशन रोकिएको थियो ।

इजलासले आयोगले लिने परीक्षा स्थगित गर्न यसअघि दिएका सबै निवेदन खारेज गरेको छ । आयोगको नाममा दिइएको आदेशमा भनिएको छ, ‘पदपूर्तिसम्बन्धी नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय र कामकारबाहीसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने र स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशित गर्ने कार्य यथाशीघ्र गर्नु÷गराउनु ।’ समायोजनबाट फर्केका अधिकृतहरू गत साउनमा संघको दरबन्दीमा फर्केपछि संघीय मन्त्रालयले नयाँ पदपूर्तिको दरबन्दी कटाएर उनीहरूलाई व्यवस्थापन गर्न खोजेको थियो । त्यसका लागि मन्त्रालयले गत भदौ ३ मा आयोगलाई पत्राचार गरेर नतिजा रोक्न भनेको थियो ।

२०७६÷७७, २०७७÷७८ र २०७८÷७९ को अधिकृतस्तरको पदपूर्तिका सबै प्रक्रिया ठप्प छन् । समायोजन ऐन र पदपूर्ति रोक्न नहुने पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अदालतले प्रशासनको संघीयकरण गर्न समायोजन ऐन बनेको व्याख्या गरेको बताए । ‘अदालतको आदेशले एक पटक समायोजन भइसकेपछि फेरि समायोजन गर्न नपाउने प्रस्ट भएको छ,’ उनले भने ।

सर्वोच्चले आयोगले पदपूर्ति प्रक्रिया सुरु गरेपछि त्यसमा परिवर्तन नहुने प्रस्ट्याएको छ । समायोजनका क्रममा कर्मचारीलाई परेका समस्या समाधान गर्न निर्देशनात्मक आदेश आएको प्रसंग जोड्दै अधिवक्ता भट्टराईले व्यवस्था परिवर्तनका क्रममा कसैलाई मर्का पर्न सक्ने बताए । उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल
देश/राष्ट्रिय

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र
देश/राष्ट्रिय

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ४२ ढोका खोलिए

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ४२ ढोका खोलिए

अशोज १०, २०८३
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

अशोज १०, २०८३
भारी वर्षाले ११ राजमार्ग अवरुद्ध

भारी वर्षाले ११ राजमार्ग अवरुद्ध

अशोज १०, २०८३
नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

अशोज १०, २०८३
आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व