नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो ।
भट्ट बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी पार्टीको केन्द्रिय सदस्य र बैतडी सह–इन्चार्ज समेत रहेका छन् ।
गएको निर्वाचनमा उनी बैतडी प्रदेश सभा (ख) क्षेत्रबाट निर्वाचित भएका थिए । सगुन खबर बाट सभार









Discussion about this post