दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ ।
गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो ।
भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरले २६ जोडे ।
दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३÷३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट लिए । यस्तै, केशव महाराज र शिसन्द मगलाले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय पारी खेले । रस्सी भान डेर डुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा डेभिड मिल्लरले ३९ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए भने दीपक चाहर र जस्प्रित बुम्राहले २÷२ विकेट लिए । यस्तै, युजभेन्द्र चहालले एक विकेट लिए । उज्यालो अनलाइन बाट सभार









Discussion about this post